+
+
Shares

दोस्रो सन्तानको प्रतीक्षामा दीपिका-रणवीर, दुआसँग खिचाए पारिवारिक तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह र दीपिका पादुकोणले छोरी दुआसँगको पारिवारिक तस्वीर सार्वजनिक गर्दै दोस्रो सन्तानको प्रतीक्षा गरिरहेको जनाएका छन् ।
  • रणवीरले इन्स्टाग्राममा ‘बेबी दुआ र हाम्रो हृदय दुवै ठूला हुँदैछन्, तपाईंहरूको आशीर्वादका लागि धन्यवाद ।’ लेखेर दीपिकालाई ट्याग गरेका छन् ।
  • दीपिका पादुकोण शाहरुख खानको फिल्म ‘किंग’मा आबद्ध भएको आधिकारिक घोषणा गरिएको छ ।

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले दोस्रो सन्तानलाई जन्म दिन लागेको जनाएका छन् । छोरी दुआसँगको पारिवारिक तस्वीर सार्वजनिक गर्दै उनीहरूले यो खुसीको कुरा प्रशंसकमाझ सार्वजनिक गरेका हुन् ।

परिवारमा नयाँ सदस्यलाई स्वागत गर्ने तयारीमा रहेका उनीहरूले इन्स्टाग्राममा सार्वजनिक गरेका श्याम श्वेत तस्वीरमा तीनै जना हाँस्दै, खेल्दै र सँगै विशेष क्षण बिताइरहेको देखिन्छ ।

फोटोमा दीपिकाले ‘बेबी बम्प’ देखाएकी छन् भने सानी दुआका भावभंगिमाले ध्यान खिचेको छ । एउटा तस्वीरमा उनी आमाबुबाको बीचमा अनुहार लुकाइरहेकी देखिन्छिन् भने अर्कोमा रणवीर र दीपिकासँग खुलेर हाँसिरहेकी छन् ।

रणवीरले इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै दीपिकालाई ट्याग गरेर लेखेका छन्, ‘बेबी दुआ र हाम्रो हृदय दुवै ठूला हुँदैछन्, तपाईंहरूको आशीर्वादका लागि धन्यवाद ।’ यो पोस्ट दुआको दोस्रो जन्मदिनसँग पनि जोडिएको छ । सेप्टेम्बर ८ मा दुआ दुई वर्षकी भएकी छन् । रणवीर र दीपिकाले सन् २०२४ मा छोरीलाई स्वागत गरेका थिए ।

यो जोडीले अप्रिल २०२६ मा दोस्रो सन्तानको प्रतीक्षामा रहेको घोषणा गरेको थियो । उनीहरूले सार्वजनिक गरेको पोस्टमा दुआले गर्भावस्था परीक्षणको ‘पोजिटिभ’ रिपोर्ट समातेकी थिइन् ।

दीपिका र रणवीरले सन् २०१८ मा लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । उनीहरूले इटालीमा विवाह गरेका थिए । सन् २०२४ को सेप्टेम्बरमा उनीहरूको पहिलो सन्तानका रूपमा छोरी दुआको जन्म भएको थियो ।

दुई ठूला प्रोजेक्टबाट अलग भएपछि दीपिका शाहरुख खानको फिल्म ‘किंग’मा आबद्ध भएको आधिकारिक घोषणा गरिएको थियो । यो फिल्म शाहरुखसँग उनको छैटौं सहकार्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?