News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार नेप्से १५.४३ अंक घटेर २५४५ मा कायम भयो, लगातार चार दिनको बढाइपछि बजार ओरालो लागेको हो ।
- कारोबार रकम ३ अर्ब ८३ करोडबाट बढेर ४ अर्ब १९ करोड पुग्यो, ७४ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो ।
- इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो भने अपर लोहोरेखोला हाइड्रोपावर १५ प्रतिशत बढ्यो ।
२४ भदौ, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १५.४३ अंक घटेको छ । आजको कारोबारपछि नेप्से २५४५ अंकमा कायम भएको छ । अघिल्ला लगातार चार दिन बढेको बजार आज घटेको हो ।
कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब १९ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने ११ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशत घट्यो ।
त्यस्तै बैंकिङ ०.१६, फाइनान्स १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत् ०.४९, लगानी ०.८२, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशत घटे ।
आज अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै शुभम् पावरको ६.४०, बाराही हाइड्रोपावरको ५.७९, इङवा हाइड्रोपावरको ३.६६ प्रतिशत मूल्य बढ्यो ।
इमर्जिङ नेपाल, सिन्धु विकास बैंक तथा जानकी फाइनान्सको मूल्य १५ प्रतिशत घट्यो । सिन्धु र जानकीलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएयता मूल्य घटिरहेको छ ।
कालिन्चोक दर्शनको १४.२८, उपकार लघुवित्तको १२.०४, मुक्तिनाथ विकास बैंकको ७.९८, त्रिशूली जलविद्युतको ७.६०, सप्तकोशी विकास बैंकको ७.३३, नेपाल फाइनान्सको ६.४४, मैलुङखोला जलविद्युतको ६.३२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर, इमर्जिङ नेपाल छन् ।
प्रतिक्रिया 4