+
+
Shares

यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

लोकसेवा आयोगमा कुरुम्बाङ, प्रवक्तामा खड्का

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २४ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारले प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश लोक सेवा आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।
  • सरकारले दैलेखको आठबीस नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय राकमको अधुरो भवन निर्माणका लागि १ करोड ६ लाख ५० हजारको अख्तियारी माग गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउन प्रदेशसभा सचिवालयलाई लेखी पठाउने र दलित सशक्तीकरण ऐनको पहिलो संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ।

२४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रशासन, प्रहरी पूर्वाधार, प्रदेशसभा सदस्यको सुविधा तथा दलित समुदायको सशक्तीकरणसँग सम्बन्धित पाँच वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश लोक सेवा आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

त्यस्तै, दैलेखको आठबीस नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय राकमको अधुरो भवन निर्माणका लागि १ करोड ६ लाख ५० हजारको अख्तियारी माग गर्ने निर्णय गरिएको छ । भवन निर्माणका लागि आवश्यक रकम संघीय मन्त्रालयहरूसँग माग गरी निर्माण कार्य अघि बढाउने सरकारको तयारी छ ।

मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्यहरूलाई नियमानुसार स्वकीय सचिवको सुविधा उपलब्ध गराउन प्रदेशसभा सचिवालयलाई लेखी पठाउने निर्णयसमेत गरेको छ ।

प्रदेशसभा सदस्यको निजी सचिवालय व्यवस्थापनसँग सम्बन्धित सुविधा उपलब्ध गराउने प्रक्रिया यस निर्णयसँगै अघि बढ्नेछ ।

त्यसैगरी, सरकारले ‘दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन, २०८१’ को पहिलो संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

कर्णाली प्रदेशमा दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धनका लागि बनेको उक्त ऐन प्रदेश सरकारको आधिकारिक कानुनी दस्तावेजका रूपमा समेत प्रकाशित छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?