+
+
Shares

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरमा पाँच दीपङ्कर बुद्धलाई नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ।
  • बौद्ध संस्कृतिअनुसार भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चर्‍हे’ का दिन यो पर्व मनाइन्छ।
  • स्थानीय भाषामा पञ्चदानलाई ‘पञ्जदान’ वा ‘पञ्जरा’ भनिन्छ, र पाँच प्रकारका वस्तु दान गर्ने परम्परा छ।

२४ भदौ, काठमाडौं । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ ।

बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चर्‍हे’ का दिन यो पर्व मनाउने गरिन्छ ।

नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ ।

यहाँका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा परिक्रमा गराउने गरिन्छ ।

काठमाडौं उपत्यका तथा आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पञ्चदानको आफ्नै मौलिक विशेषता छ ।

स्थानीय भाषामा पञ्चदानलाई ‘पञ्जदान’ वा ‘पञ्जरा’ भनिन्छ । यस दिन पृथ्वीबाट उत्पादित अन्न तथा फलफूललगायत पाँच प्रकारका वस्तु दान गर्ने परम्परा छ ।

हेर्नुस् तस्वीरहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?