+
+
Shares

प्रहरी भन्छ-भेरी नदी थुनिएको छैन, करिडोर अवरुद्ध छ

प्रहरीले पहिरोका कारण भेरी करिडोर अवरुद्ध भए पनि नदी नथुनिएको बताएको छ । तर, भेरी नदी थुनिएको हल्लासँगै प्रभावित क्षेत्रका बासिन्दा सुरक्षित स्थान पुगेका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ २५ गते ७:०४
भेरी नदी थुनिएको हल्ला गरिएको ठाउँ । यहाँका नागरिक सुरक्षित स्थान सरेका छन् । तस्वीर : फाइल ।

२५ भदौ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोलालगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार भेरी नदी थुनिएको वा नदीको बहाव रोकिएको भन्ने सूचना गलत हो । सामाजिक सञ्जाल तथा अन्य माध्यममा भेरी नदी थुनिएको भन्दै फैलिएको सूचनामा सत्यता नरहेको डीएसपी अनिलराज गिरीले बताए ।

गलगौडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावतमा भने समस्या भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

नदी थुनिएको भन्दै रुकुम पश्चिम र जाजरकोटका स्थानीयले सतर्कता लागि घर छोडेर अग्ला डाँडामा पुगेका छन् ।

प्रहरीले गलत सूचनाका पछि नलाग्न अनुरोध गरेको छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?