News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले सेप्टेम्बर ९ को फल इभेन्टमा आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ।
- नयाँ प्रमुख कार्यकारी अधिकृत जोन टर्नसको नेतृत्वमा सार्वजनिक भएको यो एप्पलको पहिलो प्रमुख उत्पादन हो।
- आईफोन डुओको सुरुवाती मूल्य १ हजार ९९९ डलर तोकिएको छ र अक्टोबर २३ देखि बिक्री सुरु हुनेछ।
२५ भदौ, काठमाडौं । स्मार्टफोन बजारमा बहुप्रतिक्षित एप्पलको आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ। सेप्टेम्बर ९ मा आयोजित वार्षिक फल इभेन्टमार्फत कम्पनीले यो नयाँ डिभाइस सार्वजनिक गरेको हो। एप्पलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनेका जोन टर्नसको नेतृत्वमा सार्वजनिक भएको यो पहिलो प्रमुख उत्पादन हो।
कम्पनीका सीईओ जोन टर्नसले आईफोन डुओलाई मुख्य आईफोनपछिकै सबैभन्दा ठूलो रूपान्तरणका रूपमा वर्णन गरेका छन्। बजारमा सामसङले सन् २०१९ मा नै फोल्डेबल फोन ल्याइसकेको थियो भने हाल गुगल, मोटोरोला, ओप्पो र हुवावेजस्ता कम्पनीका विभिन्न फोल्ड र फ्लिप फोनहरू उपलब्ध छन्।
एप्पल प्रायः नयाँ बजारमा आउनासाथ हतार नगरी प्रविधि परिपक्व भएपछि मात्र प्रवेश गर्ने रणनीति अपनाउँछ। जस्तै: सन् २००१ मा आईपोड, २००७ मा आईफोन र २०१५ मा एप्पल वाचका बेला पनि यस्तै देखिएको थियो।
नर्थइस्टर्न युनिभर्सिटीका प्रोफेसर टकर म्यारियनका अनुसार फोल्डेबल बजार परिपक्व भइसकेकाले एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई एन्ड्रोइडतर्फ जान नदिन यो कदम चालेको हो। यद्यपि काउन्टरपोइन्टको तथ्याङ्कअनुसार फोल्डेबल फोनको बजार हिस्सा हाल २ प्रतिशत मात्र छ भने सीएनईटीको २०२५ को सर्भेअनुसार महँगो मूल्य र स्थायित्वको प्रश्न यसका मुख्य चुनौती हुन्।
साथै, सन् २०२४ मा सार्वजनिक भएको ३ हजार ६९९ डलरको एप्पल भिजन प्रोको सुस्त बिक्रीपछि नयाँ सीईओको नेतृत्वमा आएको यस फोनको सफलतालाई निकै चासोका साथ हेरिएको छ।

आईफोन डुओका विशेषताहरूः
१. दुईवटा डिस्प्ले र नयाँ डिजाइन
आईफोन डुओको मुख्य विशेषता यसलाई किताबजस्तै फोल्ड गर्न र खोल्न सकिनु हो।
· आउटर डिस्प्ले : बन्द हुँदा यसमा ५.४ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले छ। जुन आकारमा पासपोर्टजस्तै छ र एक हातले चलाउन सहज छ। यसले आईफोन १८ प्रोको ९० प्रतिशत स्क्रिन एरिया प्रदान गर्छ।
· इनर डिस्प्ले : खोल्दा ७.६ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले प्राप्त हुन्छ। जुन आईफोन १८ प्रो म्याक्सभन्दा ५० प्रतिशत ठूलो छ। यो अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन पनि हो।
· विशेष फिनिसिङ र प्रविधि : भित्री स्क्रिनमा विशेष न्यानो–टेक्सचर म्याट फिनिस छ। जसले प्रकाशको टलक (ग्लियर) कम गर्छ र स्क्रिन मोडिएको दाग (क्रिज) लाई न्यूनतम बनाउँछ। दुवै स्क्रिनमा समान आस्पेक्ट रेसियो, प्रोमोसन, अलवेज अन र ३ हजार निट्सको पिक आउटडोर ब्राइटनेस रहेको छ।
· एप्पल पेन्सिल : यसै वर्षको अन्त्यतिर युएसबी–सी सपोर्ट गर्ने एप्पल पेन्सिलमार्फत दुवै स्क्रिनमा नोट लेख्न, स्केच गर्न वा डकुमेन्ट मार्कअप गर्न सकिनेछ।
२. स्थायित्व र हार्डवेयर संरचना (ड्युरेबिलिटी)
एप्पलले यसको बनावट र स्थायित्वमा विशेष ध्यान दिएको छ :
· सामग्री : यसको फ्रेम मिरर–पोलिस्ड ग्रेड ५ टाइटेनियमबाट बनेको छ भने हिन्ज कभर थ्रीडी–प्रिन्टेड छ। पछाडि सेरामिक सिल्ड र अगाडि ३ गुणा बढी स्क्र्याच–रेसिस्टेन्ट सेरामिक सिल्ड २ प्रयोग गरिएको छ।
· प्रिसिजन हिन्ज र आईपी ६८ : १०० भन्दा बढी पार्टपुर्जाबाट निर्मित हिन्जले स्क्रिनलाई समतल राख्छ र बन्द गर्दा म्याग्नेटको मद्दतले बलियोसँग अड्याउँछ। यो फोन आईपी ६८ वाटर, डस्ट एन्ड स्प्लास–रेसिस्टेन्ट छ।
· भित्री स्क्रिन सुरक्षा : उद्योगको तुलनामा ४० प्रतिशत बढी कडा कस्टम पोलिमर, स्क्र्याच–रेसिस्टेन्ट कोटिङ र मल्टिलेयर ल्यामिनेसन प्रविधि छ। किताबका पानाजस्तै सर्न सक्ने कस्टम एड्हेसिभ र तल्लो भागमा टाइटेनियम प्लेट राखिएकाले स्क्रिन बिग्रिन पाउँदैन।
३. पर्फर्मेन्स, हिट म्यानेजमेन्ट र ब्याट्री
· ए२० प्रो चिप : २–न्यानोमिटर प्रविधिमा बनेको ए२० प्रो चिपसेटमा ६–कोर सीपीयु (२० प्रतिशत छिटो), ७–कोर जीपीयु (४० प्रतिशत छिटो) र २ गुणा बढी क्षमताको डुअल १६–कोर न्युरल इन्जिन छ। यसले ए१९ प्रोभन्दा ५० प्रतिशत बढी युनिफाइड मेमोरी ब्यान्डविथ दिन्छ।
· थर्मल म्यानेजमेन्ट : एम–सिरिज चिपबाट प्रेरित प्याकेजिङले ए२० प्रोलाई सिधै कस्टम भेपर च्याम्बरसँग जोड्छ, जसले गर्दा आईफोन १७ प्रोभन्दा ३५ प्रतिशत बढी सस्टेन्ड पर्फर्मेन्स मिल्छ।
· डुअल ब्याट्री संरचना : फोनको दुवैतर्फ छुट्टाछुट्टै उच्च–ऊर्जा ब्याट्री राखिएका छन्। भित्री स्क्रिन प्रयोग गर्दा ३१ घण्टा, बाहिरी प्रयोग गर्दा ४४ घण्टा र दुवै बराबर प्रयोग गर्दा २४ घण्टासम्मको ब्याट्री लाइफ मिल्छ।
· यसले २० मिनेटमा ५० प्रतिशत फास्ट चार्जिङ र म्यागसेफ वा क्युआई२ बाट ३० मिनेटमा ५० प्रतिशत वायरलेस चार्जिङ सपोर्ट गर्छ।
४. उन्नत क्यामेरा प्रणाली र नयाँ अनुभवहरू
· मेन क्यामेरा : ४८ एमपी फ्युजन मेन क्यामेरा (जसमा २एक्स टेलिफोटो एकीकृत छ, जिरो सटर ल्याग, २४ एमपी डिफल्ट सुटिङ र सेन्सर–सिफ्ट ओआईएस छ) र ४८ एमपी फ्युजन अल्ट्रा वाइड क्यामेरा (म्याक्रो फोटोग्राफीसहित) रहेका छन्।
· भिडियो : ४के १२० एफपीएस डल्बी भिजन स्लो–मोसन, ६० एफपीएससम्म सिनेमाटिक इफेक्ट्स, सुधारिएको अडियो मिक्स र ट्राइपडविना नै ४के एचडीआर टाइम–ल्याप्स सुटिङ गर्न सकिन्छ।

फोल्डिङ क्यामेरा फिचरहरू :
· अन्डर–डिस्प्ले फेसटाइम क्यामेरा : भित्री स्क्रिनको मुनि लुकेको फेसटाइम क्यामेरा।
· सेन्टर स्टेज : कुनै पनि ओरिएन्टेसनमा आफैं फोटो/भिडियो मिलाउने अगाडिको क्यामेरा।
· स्मार्ट टेक : एआईले मानिसहरूले पोज दिनेबित्तिकै आफैं फोटो खिच्ने प्रविधि।
· डुओ प्रिभ्यु : बाहिरी स्क्रिनमा लाइभ प्रिभ्यु हेरेर रियर क्यामेराबाट सेल्फी लिन वा अगाडिको व्यक्तिलाई फ्रेम देखाउन सकिने।
· किड क्यु : बाहिरी स्क्रिनमा ‘पिनट्स’ एनिमेसन बजाएर साना बालबालिकाको ध्यान खिच्ने।
· डुओ फेसटाइम र डुअल क्याप्चर : बाहिरी स्क्रिन प्रयोग गरी अरूलाई पनि भिडियो कलमा जोड्न सकिने र अगाडि/पछाडिका दुवै क्यामेरा एकैसाथ सेयर गर्न सकिने।
५. आईओएस २७, सिरी एआई र सुरक्षा फिचरहरू
· आईओएस २७ र स्प्लिट भ्यु : कन्टेन्टका लागि ठाउँ बचाउन लक स्क्रिन र डक कन्ट्रोलहरू साइडमा सारिएका छन्। पहिलोपटक आईफोनमा दुईवटा एप्स वा एउटै एपका दुई विन्डो एकसाथ चलाउन सकिने स्प्लिट भ्यु मल्टिटास्किङ सुविधा छ।
· सिरी एआई र एप्पल इन्टेलिजेन्स : प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ बुझेर इमेल, म्यासेज र फोटोबाट जानकारी खोज्न सक्ने नयाँ सिरी एआई ल्याइएको छ। यसमा अनस्क्रिन अवेयरनेस, नयाँ सिरी एप, स्पेसियल रिफ्रेमिङ, एक्स्टेन्ड, क्लिन अप, इमेज प्लेग्राउन्ड र सिन्थआईडी सपोर्ट छ।
· सफारीमा ‘नोटिफाइ मी’ फिचरले मूल्य घटबढ वा स्टक ट्र्याक गर्छ। प्राइभेसीका लागि अन–डिभाइस प्रोसेसिङ र प्राइभेट क्लाउड कम्प्युट प्रयोग गरिएको छ।
· स्ट्यान्डबाइ र डाइनामिक आइल्यान्ड : चार्जमा नहुँदा पनि स्ट्यान्डबाइ मोड चल्छ, जसमा क्यालेन्डर, वेदर र सेयर गरिएका फोटो एल्बमहरू राख्न सकिन्छ। डाइनामिक आइल्यान्डलाई साइडमा भर्टिकल बनाइएको छ।
· अन्य बटन र कनेक्टिभिटी : साइड बटनमा टच आईडी, एप्पल वाचबाट अनलक गर्ने सुविधा र सिरी क्यामेरा मोडसहितको क्यामेरा कन्ट्रोल बटन छ। यसमा विश्वभर नै ई–सिम–ओन्ली डिजाइन छ (जसमा आईफोन ह्यान्डअफ फिचर छ)। वाई–फाई ७, ब्लुटुथ ६ र थ्रेडका लागि एन१ चिप र एमएमवेभ सपोर्ट गर्ने सी२ सेलुलर मोडेल राखिएको छ। साथै स्याटेलाइट फिचरहरू पनि उपलब्ध छन्।

६. एक्सेसरिज र वातावरण
· सामग्रीहरू : किकस्ट्यान्डसहितको आईफोन डुओ फोलियो (टोप र नेभी ब्लु रङमा— १२९ डलर) र थिन केस (स्यान्ड र नेभी ब्लु रङमा— ७९ डलर) उपलब्ध हुनेछन्।
· वातावरण : सन् २०३० सम्म कार्बन न्युट्रल बन्ने लक्ष्यअनुसार यसमा ३५ प्रतिशत रिसाइकल गरिएका सामग्री (ब्याट्रीमा १०० प्रतिशत रिसाइकल कोबाल्ट र हिन्जमा १०० प्रतिशत रिसाइकल टाइटेनियम) प्रयोग गरिएको छ। ६० प्रतिशत नवीकरणीय ऊर्जाबाट उत्पादन गरिएको यसको प्याकेजिङ १०० प्रतिशत फाइबरमा आधारित छ।
७. मूल्य, भण्डारण र उपलब्धता
· मूल्य र स्टोरेज : १२८ जीबीबाहेक २५६ जीबी, ५१२ जीबी, १ टीबी र २ टीबी स्टोरेज क्षमतामा उपलब्ध हुने यो फोनको सुरुवाती मूल्य १ हजार ९९९ डलर (वा २४ महिनाका लागि ८३.२९ डलर/महिना) तोकिएको छ। ‘क्लार्ना’ मार्फत एप्पल अपग्रेड लिजिङ प्रोग्राममा ५७.९९ डलर/महिनाबाट सुरु हुन्छ।
· उपलब्धता : अक्टोबर १६ देखि ७० भन्दा बढी देशहरूमा प्रि–अर्डर सुरु भई अक्टोबर २३ देखि बिक्री सुरु हुनेछ। बाँकी २८ देशहरूमा अक्टोबर ३० देखि उपलब्ध हुनेछ।
· सफ्टवेयर र अफरहरू : फोन आईओएस २७.१ सँगै आउनेछ। एप्पल इन्टेलिजेन्स र सिरी एआई सेप्टेम्बर १४ देखि सुरु हुनेछन् (सिरी एआई अङ्ग्रेजीमा सुरु भई अक्टोबरमा फ्रान्सेली, जापानी, कोरियन, पोर्चुगिज र स्पेनिसमा आउनेछ)। नयाँ खरिदकर्ताहरूले ३ महिनाका लागि एप्पल वन (जसमा एप्पल टीभी प्लस, म्युजिक, आईक्लाउड प्लस आदि समावेश छन्) निःशुल्क पाउनेछन्। साथै दुर्घटना, चोरी र अन्य क्षति कभर गर्ने एप्पलकेयर प्लस, एप्पलकेयर वन र एप्पलकेयर वन फ्यामिली प्लानहरू पनि उपलब्ध छन्।
प्रतिक्रिया 4