२५ भदौ, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेट्क्सारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन् ।
नक्कली चुरोट बिक्री-वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको टोलीले लु.प्र.०१–००१ च ४६३० नम्बरको भ्यान खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा खुकुरी चुरोटजस्तो देखिने नक्कली चुरोट १४० बट्टा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियारलाई नियन्त्रणमा लिएको छ ।
बरामद चुरोट, भ्यान र पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4