+
+
Shares

कानुनमन्त्रीलाई कांग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानुन निर्माणमा अवरोध गरेको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन कानुन निर्माणमा अवरोध गरेको हो भन्दै मन्त्री सोबिता गौतमलाई प्रश्न गरिन्।
  • उनले राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व नहुँदा कानुन बनाउन पाएनौँ भन्ने मन्त्रीको भनाइलाई असक्षमता ढाकछोप गर्ने प्रयास भएको आरोप लगाइन्।
  • सांसद कर्णले फैसला कार्यान्वयनमा ढिलाइ हुँदा पीडित नागरिकले समयमा न्याय पाउन नसकेको भन्दै आवश्यक कानुन निर्माणमा जोड दिइन्।

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो ? भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रश्न गरेकी छन् ।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री गौतमले आफ्नो असक्षमता ढाकछोप गर्न राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नहुँदा कानुन बनाउन पाएनौँ भन्दै हिँडेको उनले आरोप थियो ।

मन्त्री गौतमले केही दिन अघि राष्ट्रिय सभामा रास्वपाको बहुमत नभएको कारण जनताले चाहेजस्तो कानुन निर्माण गर्न नसकिएको टिप्पणी गरेकी थिइन् ।

सांसद कर्णले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराइन् ।

उनले सबै तहका न्यायालय हुँदाहुँदै पनि नाागरिकले समयमा न्याय पाउन नसकेको बताइन् ।

उनले मुद्दा फैसलाको प्रक्रिया समेत लामो भएको कारण नागरिकले न्याय पाउन नसकिएको बताइन् ।

उनले भनिन्, ‘मन्त्रीज्यूले राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व छैन । त्यसकारण हामीले कानुन बनाउन पाएनौँ भनेर मन्तव्य दिँदै हुनुहुन्छ । राष्ट्रिय सभाको कारण अर्थात प्रतिनिधिसभाको कारण अर्थात् कुन निकायको कारण उहाँले कुन–कुन कानुन बनाउन पाउनुभएन ?’

उनले अगाडि थपिन्, ‘अनि यो फैसला कार्यान्वयनको विषय निकै गम्भीर छ । फैसला कार्यान्वयनमा भइरहेको ढिलाइका कारण अहिले पीडित नागरिकले न्याय पाउन सकिरहेको अवस्था छ । हाम्रो देशको सबैभन्दा महत्वपूर्ण निकाय भनेको न्यायालय हो, सर्वोच्च अदालत हो । तर हामीले हाम्रो नागरिकलाई समयमा न्याय दिन सक्दैनौँ भने यो कस्तो शासन हो, कस्तो मुलुकमा बसिरहेका छौँ ? मुद्दाको फैसला पनि न्यायिक प्रक्रियामा लामो प्रोसेस छ । सुनुवाइको मिति पटक-पटक सार्ने कामले पनि न्यायमा ढिलाइ भइरहेको हो ।’

उनले फैसला कार्यान्वयनका लागि आवश्यक कान’न निर्माणमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?