News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बिहान ११ बजे च्यासलमा बस्ने भएको छ ।
- कार्यदलले तयार पारेको प्रतिवेदनमाथि बैठकमा छलफल हुने र प्रतिवेदन संयोजक रामबहादुर थापालाई बुझाइसकिएको छ ।
- अध्यक्ष केपी शर्मा ओली प्रतिवेदनमा सहमत नरहेको नेताहरूले बताएका छन् ।
२५ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बस्ने भएको छ ।
कार्यदलका सदस्य डा.राजन भट्टराईका अनुसार भोलि बिहान ११ बजे बैठक बोलाइएको छ । ‘कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेगरी च्यासलमा बैठक बोलाइएको छ,’ उनले भने ।
गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् ।
सात प्रदेश र अरु गैरभौगोलिक गरी १३ स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो । महासचिव पोखरेलले प्रतिवेदनको मस्यौदा झण्डै एक महिना पहिले नै तयार पारेका थिए ।
कार्यदलका संयोजक थापालाई बुझाइएको प्रतिवेदन सार्वजनिक नै भइसकेको छ । भोलि बस्ने कार्यदलको बैठकमा उक्त प्रतिवेदनमै छलफल हुने पोखरेल पक्षधर नेताहरु बताउँछन् ।
तर अध्यक्ष केपी शर्मा ओली यो प्रतिवेदनमा सहमत नरहेको नेताहरु बताउँछन् । ‘संभवतः भोलि अध्यक्षका तर्फबाट छुट्टै प्रतिवेदन आउन पनि सक्छ,’ एक नेता भन्छन् ।
प्रतिक्रिया 4