+
+
Shares

बाढीपछि बेपत्ता भएकाको अवस्था पत्ता लगाउन एमाले सांसदको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको भन्दै उद्धार कार्य तीव्र गर्न सरकारसँग माग गरे ।
  • उनले लेकम–४ का देवसिंह धामी, दुहु–५ का विकासबहादुर ठकुरी, शैल्यशिखर–८ का नरेशदत्त जोशी र जयनन्द जोशीको अवस्था अज्ञात रहेको बताए ।
  • ठगुन्नाले अपीहिमाल गाउँपालिका–१ भट्टाडमा पहिरोले दर्जनौं स्थानीय विस्थापित भएको भन्दै पुनर्स्थापनामा सरकारको ध्यानाकर्षण गराए ।

२४ भदौ, काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले रसुवा बाढीमा बेपत्ता भएका गृहजिल्ला दार्चुलाका पाँच जनाको अवस्था पत्ता लगाउनका लागि उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले १० भदौमा गएको बाढीमा परी दार्चुलाका पाँच जना सम्पर्कविहीन भएको जानकारी संसद्लाई दिँदै उनीहरूको उद्धारका लागि तीव्रता दिन सरकारसँग माग गरेका हुन् ।

सांसद ठगुन्नाले दार्चुलाको लेकम गाउँपालिका–४ निवासी नेपाली सेनाका सहसेनानी देवसिंह धामी, दुहु गाउँपालिका–५ निवासी नेपाली सेनाका नायक विकासबहादुर ठकुरी, शैल्यशिखर नगरपालिका ८ निवासी भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी र अपर त्रिशूली १ मा कार्यरत जयनन्द जोशीको अवस्था अज्ञात रहेको बताए ।

‘वेपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीडितहरूको राहत, पुनर्स्थापना, खोजी कार्य द्रूत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यानकर्षण गर्दछु,’ उनले भने ।

सांसद ठगुन्नाले दार्चुलाको अपीहिमाल गाउँपालिका–१ भट्टाडमा पहिरो जाँदा दर्जनौं स्थानीय बासिन्दा विस्थापित भएका पनि बताए । ‘विस्थापित परिवारहरूको पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?