News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले सांसद गणेशसिंह ठगुन्नाले करका दर हेरफेरको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमर्यादित रूपमा प्रस्तुत भएको आरोप लगाए ।
- सांसद ठगुन्नाले आर्थिक विधेयकमा पन्ना हेरफेर भएको भन्दै सो विषयमा संसदीय छानबिनको माग गरे ।
- पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि अर्थमन्त्री वाग्लेले सांसदहरूलाई हेप्ने गरी बोलेको भन्दै ध्यानाकर्षण गराए ।
२९ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत भएको बताएका छन् ।
‘अर्थमन्त्रीज्यू धेरै नै आक्रोशित हुनुभयो । व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत हुनुभयो’ ठगुन्नाले शुक्रबारको सार्वजनिक लेखा समिति बैठकमा भने, ‘ननसेन्स टाइपको शब्द समेत प्रयोग भएको छ । अर्मयादित धम्कीपूर्ण भाषा प्रयोग भएको छ ।’
आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा छलफल भएको थियो । साथै प्रतिनिधिसभामै पनि यो विषयमा छलफल भएको थियो ।
जवाफका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर एमाले ठगुन्नाले यो विषय उठाएका हुन् ।
अर्थमन्त्रीले भनेका कतिपय विषयले दुविद्धा उत्पन्न भएको उनले बताए । पान्ना हेरफेर सहितको विषयमा संसदीय छानबिन हुनुपर्ने माग उनले राखे ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि सांसदहरूलाई अर्थमन्त्री डा. वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4