News Summary
Generated by OK AI. Editorially reviewed.- इनड्राइभले भोटेकोशी बाढी प्रभावित परिवार र समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
- कम्पनीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गर्नुका साथै नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई प्रत्यक्ष राहत सामग्री वितरण गरेको छ।
- आर्सेन टोम्स्कीले विपद्बाट प्रभावित नेपाली जनताप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा साथमा उभिन चाहेको बताएका छन्।
२५ भदौ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बुधबार इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा कम्पनीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो।
भदाै १० मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बाढीबाट घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको छ।
सरकारी कोषमा आर्थिक सहयोग गर्नुका साथै इनड्राइभले प्रभावित समुदायमा प्रत्यक्ष राहत समेत वितरण गरेको छ। कम्पनीले नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्याङ्केट र स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरेको जनाएको छ।
इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टोम्स्कीले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा नेपाली जनताको साथमा उभिन चाहेको बताएका छन्।
उनले कम्पनीको सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारलाई राहत पुर्याउनुका साथै पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया 4