२५ भदौ, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
बुधबार राजविराज नगरपालिका–१४, पर्साहीकी बबिता पासवानले सडकपेटीमा शिशुलाई जन्मदिएकी थिइन् । उनको भिडिओ भाइरल भएपछि चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया 4