+
+
Shares

२६ सयमा ग्यास बेच्ने किराना पसललाई ३ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कागेश्वरी मनोहरा–६ चखडोलको ‘अनिल किराना पसल’ ले सरकारको दरभन्दा बढीमा एलपी ग्यास बेचेपछि विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको छ।
  • विभागका अनुसार पसलले सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरेको फेला परेको थियो, जबकि सरकारी मूल्य २ हजार ६० रुपैयाँ छ।
  • उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम प्रत्यक्ष प्रमाण भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ।

२६ भदौ, काठमाडौं । सरकारले तोकेको दररेटभन्दा बढी मूल्य लिएर खाना पकाउने ग्यास (एलपी ग्यास) बिक्री गर्ने एक किराना पसललाई सरकारले ३ लाख रुपैयाँ जरिबाना गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ ले उपभोक्तालाई बढी मूल्यमा ग्यास बेचेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।

विभागका सूचना अधिकारी अनिल किरातीले उक्त पसलले सरकारले तोकेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको फेला परेको बताए ।

एक सिलिन्डर ग्यासको मूल्य भने २ हजार ६० रुपैयाँ रहेको छ ।

उपभोक्ता ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम उक्त किराना पसललाई तत्काल ३ लाख रुपैयाँ जरिबाना तिराइएको सूचना अधिकारी किरातीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?