+
+
Shares

आज हरितालिका तीज, पशुपति लगायतका शिवालयहरूमा व्रतालुहरूको घुइँचो   

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते ६:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरितालिका तीज पर्व आज देशभर मनाइँदैछ, र व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गरिरहेका छन् ।
  • तीजका अवसरमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।
  • पशुपति क्षेत्र विकास कोषले भक्तजनका लागि बढीमा दुई घण्टामा दर्शन सकिने गरी लाम र सुरक्षाको व्यवस्था गरेको छ ।

२९ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ ।

आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएका छन् ।

पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्कीसक्ने गरी लामको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?