+
+
Shares

कांग्रेस संस्थापन इतर समूह : असोज ३ गते होइन १५ को वडा अधिवेशनमा सहभागी बनौं

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।  विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले असोज १५ गतेदेखि हुने वडा अधिवेशनदेखि विभिन्न तहका अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।
  • इतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले असोज ३ गतेबाट सुरु गर्ने महाधिवेशन प्रक्रियामा सहभागी नहुन भनेको छ।
  • डा शशांक कोइरालाको संयोजकत्वमा इतर समूहले १५औं महाधिवेशन केन्द्रीय तयारी समिति बनाउँदै मंसिर २१-२३ गते महाधिवेशन गर्ने मिति तोकेको छ।

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो।

इतर समूहले डा शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको छ।

आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरी कोइरालाले असोज १५ गतेदेखि सञ्चालन हुने वडा अधिवेशन हुँदै विभिन्न तहको अधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।

पार्टी संस्थापन समूहले मंसिर १६-१९ गते १५औं महाधिवेशन गर्ने मिति तय गरेको छ। तर इतर समूहले मंसिर २१-२३ गतेका लागि मिति तोकेको छ।

‘पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औं महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौं,’ संयोजक कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीलाई विभाजनमा धकेल्ने कुनै पनि कदमबाट बच्न संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न आग्रह गरियो। तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रुपमा ग्रहण गरिएन।’

विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र पार्टी एकतामा थप क्षति नपुर्‍याउन भने पनि त्यसलाई नसुनिएको विज्ञप्तिमा उल्लेख छ।

कोइरालाले पार्टीको महाधिवेशन मिति संस्थापन समूहले एकलौटी हिसाबले घोषणा गरेर कार्यतालिका ल्याएको आरोप लगाएका छन्।

त्यस्तै पार्टी आधिकारिकताको विवाद सर्वोच्चमा विचाराधीन रहेकोले त्यसको प्रतिक्षा नगरी अघि बढ्नु उचित नभएको कोइरालाद्वारा विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?