News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको देउवा समूहको बैठक चनदेवीस्थित सम्पर्क कार्यालयमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित तयारी समितिको आयोजनामा सुरू भएको छ।
- बैठकमा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ।
- प्रस्तावअनुसार असोज १५ मा वडा, असोज २० मा पालिका, असोज २३ मा क्षेत्रीय, कात्तिक १५ मा जिल्ला र मंसिर ४ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ।
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको बैठक सुरु भएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा बैठक सुरू भएको हो ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरू भएको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ ।
बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ ।
यस्तै असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन गरिने उल्लेख छ ।
उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ । उक्त कार्यतालिकाअनुसार कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्दैछ ।
प्रतिक्रिया 4