+
+
Shares

बाढी प्रभावित क्षेत्रमा सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो

सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, टुप्चेसम्म पुगेर बाढीपीडितहरूको गुनासो सुनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका छन्।
  • विदुर नगरपालिका–३ का एक व्यक्तिले बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन्।
  • थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस र टुप्चेमा बाढीपीडितको गुनासो सुनेका छन्।

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका हुन् । विदुर नगरपालिका–३ का एक व्यक्तिले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन् ।

ती व्यक्तिले आफ्ना आफन्त बाढीमा बेपत्ता भइरहेको, सुरुङमा थुनिएको गुनासो गरेका हुन्।

सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, तुप्चेसम्म पुगेर बाढीपीडितहरूको गुनासो सुनेका छन् । उनी दर्शन टार, पिपलडाँडा, कुमलटार, कोलनीलगायत ठाउँमा पनि पुगेको सँगै टोलीमा रहेका कांग्रेस विजय ढुंगानाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?