News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औं महाधिवेशनका गतिविधि रोक्न माग गर्दै सर्वोच्चमा पेस गरेको निवेदन शुक्रबार साँझ फिर्ता लगेको छ।
- देउवा र खड्काको तर्फबाट पेस भएको रिटमा केही सच्याउनुपर्ने भन्दै निवेदन फिर्ता लगिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताउनुभयो।
- कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ।
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशनको गतिविधि तत्काल रोक्न माग गर्दै गरेको निवेदन फिर्ता ल्याएको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट पेस भएको निवेदन पेस भएको थियो।
सर्वोच्चले उक्त निवेदन अध्ययनका लागि राख्ने र बाँकी प्रक्रिया सोमबार मात्रै अघि बढाउने जानकारी गराएको थियो। तर, देउवा समूहले शुक्रबार साँझ उक्त रिट निवेदन नै सच्याउन भन्दै फिर्ता लगेको हो।
‘आज निवेदन पेस हुन आएको थियो। प्रशासनले अध्ययनका लागि भनेर राखेको थियो। तर पछि साँझ उहाँहरू आएर केही सच्याउनुपर्ने भनेर लिएर जानु भएको छ,’ सर्वोच्च अदालतक प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अनलाइनखबरसँग भने।
देउवा र खड्काले आज वारेसमार्फत रिट पेस गरेका थिए। देउवाको तर्फबाट दीपक खड्का र पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवण श्रेष्ठ सर्वोच्च पुगेका थिए।
यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो। सर्वोच्चले उक्त मुद्दामा पुन: सुनुवाइको आदेश गरिसकेको छ।
अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेस गर्न नेताहरू सर्वोच्च गएका थिए। कांग्रेसले आगामी असोज १६–१९ गते १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।
प्रतिक्रिया 4