+
+
Shares

महाधिवेशन प्रक्रियामा सामेल नहुन कांग्रेस संस्थापन इतर समूहको अपिल

नेपाली कांग्रेसको संस्थापन इतर समूहले विवादका बीच घोषणा गरिएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन अपिल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. शशांक कोइरालाले विवादका बीच घोषणा गरिएको नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य र क्रियाशील सदस्यलाई अपिल गरेका छन्।
  • इतर समूहले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेकै बेला विशेष महाधिवेशन पक्षले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ ।
  • इतर समूहका अनुसार मुद्दा टुंगिनुअघि महाधिवेशन अघि बढाउँदा पार्टीभित्रको विभाजन संस्थागत हुने र आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनमा नकारात्मक असर पर्नेछ ।

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विवादका बीच घोषणा गरिएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन अपिल गरेको छ । इतर समूहको संयोजन गरिरहेका संयोजक डा. शशांक कोइरालाले शुक्रबार विज्ञप्तिमार्फत पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरूसँगै क्रियाशील सदस्यहरूलाई अपिल गरेका हुन् ।

‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न/नगराउँन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले १५औं महाधिवेशन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको भन्दै इतर समूहले आपत्ति पनि जनाएको छ ।

विज्ञप्तिमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चको डिभिजन बेञ्चको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको र पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति (निस्सा) समेत पाइसकेको उल्लेख छ ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाउँदा पार्टीभित्रको विभाजन थप संस्थागत हुने इतर समूहको दाबी छ । इतर समूहले विशेष महाधिवेशनका कारण अहिले नै केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको दाबी गरेको छ ।

‘सुदृढ, सबल र गतिशिल कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निष्कर्ष र प्रतिबद्धता रहेको छ,’ इतर समूहले भनेको छ, ‘कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रुपले विभाजित रहेको छ ।’

‘गम्भीर विवादको अवस्थामा महाधिवेशन गर्दा पार्टीका सबै तहमा संरचनागत रुपमा विभाजनको प्रक्रिया सुरु हुने पनि विज्ञप्तिमा उल्लेख छ । कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?