+
+
Shares

जेनजी घाइते गौतमलाई केयूले पूर्ण छात्रवृत्तिमा पढाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा घाइते काभ्रेपलाञ्चोक चौरीदेउराली–६ का आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले कम्प्युटर साइन्स स्नातक तहमा पूर्ण छात्रवृत्ति दिने भएको छ।
  • प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले सरकारको ‘जेन–जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ कार्यान्वयन गर्दै छात्रवृत्ति दिइएको बताए।
  • लामाले ‘कठिन परिस्थितिबाट प्रभावित युवाको भविष्यलाई अवसर र शिक्षामार्फत नयाँ दिशा दिनु हाम्रो जिम्मेवारी हो,’ भने।

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ का गौतमलाई विश्वविद्यालयले कम्प्युटर साइन्सको स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले जानकारी दिए ।

सरकारले जारी गरेको ‘जेन–जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ लाई कार्यान्वयन गर्दै उक्त छात्रवृत्ति प्रदान गरिएको लामाले बताए ।

‘कठिन परिस्थितिबाट प्रभावित युवाको भविष्यलाई अवसर र शिक्षामार्फत नयाँ दिशा दिनु हाम्रो जिम्मेवारी हो,’  लामाले भने ।

गौतम जेनजी आन्दोलनमा घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?