+
+
Shares

नेकपा प्रमुख सचेतकले भने– रास्वपाको १८२ सिट छ, तर संसद्‌मा उपस्थिति देख्दा टिठ लाग्छ

उनले थपे, ‘१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि संसद्मा उपस्थिति नहुनु र अन्य माननीयको पनि यो खालको उपस्थिति धेरै नै दयनीय खालको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १५:३६

३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्मा सांसदहरूको उपस्थिति कमजोर रहेको विषयमा असन्तोष व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तारूढ दलको १८२ सिट हुँदा पनि संसद्मा सांसदको नगन्य उपस्थिति रहने गरेकामा असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘ताजा जनादेशबाट नयाँ कानुन निर्माण गरेर देश विकास गर्ने संकल्प बोकेर आएको संसद्को माननीयको उपस्थिति देख्दा टिठ लाग्छ,’ उनले भने ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपा एक्लैको १८२ सिट छ । स्वतन्त्र सांसद महावीर पुनसमेत सरकारमा भएकाले १८३ पुगेको भन्दै उनले थपे, ‘१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि संसद्मा उपस्थिति नहुनु र अन्य माननीयको पनि यो खालको उपस्थिति धेरै नै दयनीय खालको छ ।’

यो विषय उनले नागरिकले आफ्ना सांसदलाई सचेत गराउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?