+
+
Shares

सप्तरीबाट समातिए युवक, भारत लगेर अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट सोमबार राति घरमै सुतिरहेका २४ वर्षीय अभिनन्दन यादवलाई एक समूहले उठाएर लगेपछि स्थानीयले प्रदर्शन गरेका छन्।
  • परिवारले नचिनेका हतियारधारी समूहले मध्यराति अभिनन्दनलाई लगेको र घटना हुँदा घरका केही सदस्य सामान्य घाइते भएको बताएका छन्।
  • एसपी रुपक खड्काले अभिनन्दन भारतीय प्रहरीको नियन्त्रणमा रहेको र गुडगाउँ स्टेशनमा भएको व्यक्ति हत्याको अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन्।

३० भदौ, काठमाडौं । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट घरमा सुतिरहेका एक युवकलाई सोमबार राति एक समूहले पक्राउ गर्‍यो । बेल्हीका २४ वर्षीय अभिनन्दन यादव राति १२ बजेतिर घरैबाट उठाएर लगेपछि ठूलै हल्ला मच्चियो ।

अभिनन्दनका परिवारले बताए अनुसार, नचिनेका हतियारधारी समूहले उनलाई मध्यराति लगेका थिए । अभिनन्दनका बाबु विनोदका अनुसार, उनलाई पक्राउ गर्ने बेला घरका केही सदस्य सामान्य घाइते समेत भएका छन् । घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराए पनि खासै चासो नदेखाएको आरोप परिवारको छ ।

मध्यराति घरबाटै बेपत्ता पारिएको भन्ने आरोप लागेपछि यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा एसपी रूपक खड्कासँग अनलाइनखबरले जिज्ञासा राखेको छ ।

एसपी खड्काले बताए अनुसार उनी भारतीय प्रहरीको नियन्त्रणमा छन् । भारतीय प्रहरीका अनुसार, उनी गुडगाउँ स्टेशनमा भएको एउटा व्यक्ति हत्या घटनामा जोडिएका व्यक्ति हुन् ।

त्यही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरेर भारत पुर्‍याइएको स्रोतका भनाइ छ । अभिनन्दनसँग भारतीय आधारकार्ड समेत रहेको दाबी भारतीय पक्षले गरेको छ ।

स्थानीयले अहिले बेल्ही प्रहरी चौकी अगाडि प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?