News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको बाढीपछिको खोज, उद्धार र राहतमा सरकारले प्रभावकारी काम नगरेको आरोप लगाए ।
- उनले हाकुबेसी सुरुङमा करिब ३ सय जना बेपत्ता भएको र उद्धारमा २० जना मात्र खटाइएको भन्दै प्रश्न गरे ।
- राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारी आएको बताए ।
३० भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नसकेको आरोप पनि लगाए ।
रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि उनले लगाए ।
‘हाकुबेसी सुरुङमा हाम्रो अध्यक्षज्यूसहितको टिमले काम गरिरहेको छ । त्यहाँ ३ सय जना करिब बेपत्ता हुनुभएको छ । अहिले जम्मा २० जना उद्धारकर्मी मात्र खटाइएको छ । यो सरकारलाई म प्रश्न गर्न चाहन्छु,’ उनले भने ।
प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको उनले बताए । सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि उनको थियो ।
‘हिजोअस्तिको चिलिमे हाइड्रो पावरमा पनि लगभग लगभग ६ देखि ८ जना त्यहाँ भित्र बेपत्ता छ भनिएको छ । सरकारको कमजोरीका कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने, बचाउन सक्ने आम नागरिकहरूको अकालमा ज्यान गएको छ,’ उनले भने ।
प्रतिक्रिया 4