+
+
Shares

एटीएमबाट १ सय रुपैयाँका नोट पनि झिक्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा १ सय दरका नोट पनि राख्ने भएका छन्।
  • हाल एटीएमबाट १ हजार र ५ सय दरका नोट मात्र झिक्न सकिन्छ, तर नयाँ व्यवस्थासँगै सर्वसाधारणले १ सयका नोट पनि झिक्न पाउनेछन्।
  • दशैंमा साना दरका नोट साट्न शाखामा हुने भीड घटाउन यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

३० भदौ, काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा अबदेखि एक सय दरका नोट पनि राख्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सयका नोट पनि राख्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयन गर्ने भएका हुन् ।

हाल एटीएमबाट १ हजार र ५ सय दरका नोटहरू मात्र झिक्न सकिन्छ । केन्द्रीय बैंकको नयाँ व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले १ सय दरका नोट पनि एटीएममा राख्ने भएपछि सर्वसाधारणले झिक्न सक्नेछन् ।

सर्वसाधारणले १ सय दरका नोट पनि एटीएमबाट झिक्न सकिने व्यवस्था गर्न माग गर्दै आएका थिए । बैंक तथा वित्तीय संस्थाले पनि १ सय दरका नोट एटीएममा राख्न सकिने जनाएपछि कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

परम्परागत एटीएम मेसिनमा दुई दरका नोट मात्र राख्न सकिन्छ । तर पछिल्लो नयाँ तथा आधुनिक एटीएममा भने ४ वटा दरका नोट राख्न सकिन्छ । नेपाली बैंक तथा वित्तीय संस्थाका धेरै एटीएम परम्परागत भएकाले थोरै एटीएमबाट मात्र १ सय दरका नोट झिक्न सकिनेछ ।

बडादशैंको उपलक्ष्यमा एक सय दरका नोटहरू पनि एटीएमबाट वितरण गर्न सकिएमा साना दरका नोट साट्ने ग्राहकको भीड पनि शाखामा नहुने केन्द्रीय बैंकले जनाएको छ । बैंकहरूसँग जानकारी लिँदा प्राविधिक रुपमा सो व्यवस्था गर्न सकिने जवाफ बैंकहरूले दिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?