३१ भदौ, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रूसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ।
यो प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशहरूमाथि १०० प्रतिशत महसुल लगाउने अधिकार दिनेछ। यसरी अतिरिक्त शुल्क लाग्न सक्ने देशहरूको सूचीमा भारत पनि समावेश छ।
यो विधेयकलाई ‘लिन्डेसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको छ। यो विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पहिले नै भारी बहुमतले पारित भइसकेको छ।
विधेयकको संशोधनमा भारतको नाम स्पष्ट रूपमा उल्लेख गर्दै रूससँग कारोबार गरेबापत थप १०० प्रतिशत शुल्क लगाउन सकिने प्रावधान राखिएको छ।
आगामी बिहीबार यो विधेयकमाथि मतदान हुने अपेक्षा गरिएको छ। यो विधेयक हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पनि पारित हुने बलियो सम्भावना छ।
प्रतिक्रिया 4