+
+
Shares

सांसद केसीको प्रश्न– २६ सयमा सजिलै ग्यास पाइन्छ, तोकिएको मूल्यमा पाइँदैन किन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास माग हुँदा आपूर्तिमा कमी रहेको बताए ।
  • उनले घण्टौं लाइन बस्दा पनि तोकिएको मूल्यमा ग्यास नपाइने र कालोबजारमा २६ सय रुपैयाँमा पाइने अवस्था अन्त्य गर्न आग्रह गरे ।
  • केसीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमा सीमित भएको भन्दै अनुगमन र महँगी नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गरे ।

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास माग हुँदा आपुर्ति कम रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थपे, ‘घण्टौं लाइन बस्दा पनि ग्यास नपाइने अवस्था छ । तर कालोबजारमा सजिलैसँग २६ सय रुपैयाँमा पाइने जुन खालको स्थिति छ । यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपमा प्रश्न उठाएको छ ।

२६ सयमा सजिलै ग्यास पाइने, तर तोकिएको मूल्यमा नपाइने अवस्था अन्त्य हुनुपर्ने उनको आग्रह छ ।

उनी भन्छन्, ‘यो अस्वभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो । कानुनी अधिकारको दुहाइ दिँदै अनुगमन निकायहरू मुकदर्शक र निरीह बन्नु सरकारको घोर गैरजिम्मेवारीपन हो ।’

२० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने नियम कागजमा मात्रै सीमित छ । विपद्मा बेला नागरिकको चुलो बाल्नु सरकारको मुख्य काम भएको भनेर उनले ध्यानाकर्षण गरे ।

अन्य खाद्य पदार्थको समेत महंगी धेरै भएको भनेर अनुगमन गर्न आग्रह गरे । अन्यथा, जनतामा असन्तोष र विद्रोह जन्मिने उनको चेतावनी छ ।

बिचौलियाई पोस्न जनताले रास्वपालाई दुई तिहाइ मत नदिएको ख्याल गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?