+
+
Shares

पशुमाथि क्रुरता : पुलबाट उर्लिंदो भेलमा फ्याँकियो कुकुर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङको जयपृथ्वी नगरपालिका १० र ११ बीचको सेती नदीमाथिको पुलबाट एक महिलाले कुकुरलाई उर्लिंदो खोलामा फ्याँकिन्।

काठमाडौं । खैरो रङको कुकुर छ । डरले काँपिरहेको त्यो कुकुरलाई रातो रङको कुर्ता सुरुवाल लगाएकी अधबैंशे महिलाले पुलबाट फ्याँक्न खोजिरहेकी हुन्छिन् । खोलामा उर्लिंदो ठूलो बाढी आएको छ । बाढीका कारण उठेका छालहरू देखिइरहेका छन् ।

पुलको किनारमै भएकाले हुन सक्छ, त्यो कुकुर ती महिलाको हातदेखि उम्कन प्रयास गरिरहन्छ । तर, ती महिलाका निर्दयी हातहरूले कुकुरलाई धेकिलिदिन्छन् । कुकुर तल उर्लँदो नदीमा चोपलिन्छ ।

त्यसपछि ठूलो बाढीबाट पनि कुकुर बाहिरिन खुबै मेहेनेत गरिरहन्छ । तर बगेर निकै तलसम्म पुगिसकेको हुन्छ ।

कुकुरलाई पुलबाट फ्याँकिएको यो भिडियो सामाजिक सञ्जालमा फैलिइरहेको छ । पशुअधिकारकर्मीहरूले यसमा आवाज उठाइरहेका छन् ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार यो घटना बझाङको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दीपक विष्टका अनुसार जयपृथ्वी नगरपालिका १० र ११ को बीचमा पर्ने सेती नदी माथिको पानकोट पुलमा घटना भएको हो । घटनाबारे आफूहरूलाई केही समयअघि मात्रै जानकरा प्राप्त भएको उनले बताए ।

घटनाको अनुसन्धान सुरु गरिरहेको र संलग्न व्यक्तिको खोजी कार्य थालिएको विष्टले जानकारी दिए ।

त्यस्तै उक्त दृश्य खिच्ने व्यक्तिसँग कुराकानी गर्दै एक मिडियाले घटना दुई हप्ता अघिको भएको उल्लेख गरेको छ । उनले ती महिलालाई रोक्न खोज्दा नमानेको समेत लेखेको छ ।

उक्त कुकरको स्थिति भने यो समाचार तयार पार्दासम्म केही पनि जानकारी प्राप्त छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?