+

ओडीआई बलिङ वरियतामा ललितको पाँच तथा सन्दीपको तीन स्थान सुधार

२०८३ भदौ  ३१ गते १७:५१ २०८३ भदौ ३१ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीको नयाँ ओडीआई बलिङ वरियतामा नेपाली स्पीनर ललित राजवंशी पाँच स्थान सुधार गर्दै ४०औं र सन्दीप लामिछाने तीन स्थान सुधार गर्दै ४६औं स्थानमा पुगेका छन् ।
  • ललितको रेटिङ अंक ५०९ र सन्दीपको ४९१ पुगेको छ ।
  • गत शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा उनीहरूको प्रदर्शनका आधारमा वरियता सुधार भएको हो ।

३१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा स्थान सुधार गरेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार बाँयाहाते स्पीनर ललितले पाँच स्थान सुधार गर्दा लेग स्पीनर सन्दीपले ३ स्थान सुधार गरेका हुन् ।

नयाँ वरियतामा ललित ४०औं स्थानमा छन् भने सन्दीप ४६औं स्थानमा छन् । ललितको रेटिङ अंक बढेर ५०९ भएको छ भने सन्दीपको ४९१ छ ।

गत शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा गरेको प्रदर्शनबाट उनीहरूको वरियतामा सुधार भएको हो । प्रिमियर कपमा ओमानसँगको सेमिफाइनल र यूएईसँगको फाइनल ओडीआई मान्यताको थियो ।

ललितले ओमान र यूएईविरुद्ध समान २ विकेट लिएका थिए । सन्दीपले ओमान विरुद्ध ३ तथा यूएई विरुद्ध १ विकेट लिए ।

आईसीसी वरियता ललित राजवंशी सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय