+
+
Shares

‘क्यान्सरविरुद्धको अभियानमा जेनजीलाई जोड्न आवश्यक’

नेपालमा क्यान्सरका नयाँ बिरामीको संख्या वर्षेनी बढ्दै गइरहेको भन्दै यस रोगविरुद्धको जनचेतना अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउन सरोकारवालाले जोड दिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते २०:३७

३१ भदौ, काठमाडौं । नेपालमा क्यान्सरका नयाँ बिरामीको संख्या वर्षेनी बढ्दै गइरहेको भन्दै यस रोगविरुद्धको जनचेतना अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउन सरोकारवालाले जोड दिएका छन्।

उनीहरूले विशेषगरी युवा तथा जेनजी पुस्तालाई क्यान्सरविरुद्धको अभियानमा सक्रिय रूपमा जोड्नुपर्ने बताएका छन्।

नेपाल अर्बुद रोग निवारण संस्था (एनसिआरएस) को ४४औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँको ज्ञानेश्वरमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सरविरुद्धको सचेतना अभियानलाई देशव्यापी बनाउन जेनजी पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा व्यवसायी कर्ण शाक्यले युवाहरूले क्यान्सर रोगविरुद्ध जनचेतना फैलाउने अभियानमा थप जिम्मेवारीका साथ सहभागी हुनुपर्ने उल्लेख गरे ।

संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले संस्थाको अगुवाइमा स्थापित भक्तपुर क्यान्सर अस्पतालले नेपालमा क्यान्सर उपचारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

एनसीआरएसका महासचिव दीपेन्द्र वान्तवाले क्यान्सरलगायत दीर्घरोगका बिरामीलाई सरकारले उपलब्ध गराउँदै आएको उपचार सहुलियत रकम बढाउनुपर्ने माग गरे ।

क्यान्सरको उपचार खर्चिलो हुने भएकाले हाल उपलब्ध एक लाख रुपैयाँको सहुलियत पर्याप्त नभएको भन्दै उनले उक्त रकम बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?