+
+
Shares

मनास्लु आरोहण सुरु, ४६६ जना पर्वतारोही प्रयास गर्दै

मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

रासस रासस
२०८३ भदौ ३१ गते २०:४६

३१ भदौ, गोरखा । शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन् ।

३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् । आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी बिसबहादुर गुरुङले जानकारी दिए ।

आरोहीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ ।

यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट २१ करोड २४ लाख ४८ हजार रुपैयाँ राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो । समुद्री सतहबाट आठ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?