News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि असोज ७ गते बुधबारसम्म दरखास्त आह्वान गरेको छ।
- मन्त्रालयले ३० देखि ६५ वर्ष उमेरका स्नातक उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्ने योग्यता वेबसाइटमा खुलाएको छ।
- दिनेशराज दाहालको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त छ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि दरखास्त आह्वान गरेको छ । असोज ७ गते बुधबारसम्म आवेदन दिन भनिएको छ ।
मन्त्रालयले दरखास्त पेश गर्न आवश्यक योग्यतासहितका विवरण पनि वेबसाइटमा खुलाएको छ ।
३० वर्ष पूरा भै ६५ वर्ष ननाघेका, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरि नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्बर्धन र प्रवर्धनमा निरन्तररुपमा कम्तीमा १० वर्ष कार्य गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
दिनेशराज दाहालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4