+
+
Shares

भदौको करदाता प्रोत्साहन विजेता घोषणा, २ सयको सामान किन्दा १० लाख

आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एक/लाख नगद उपहार घोषणा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख र ३१ जनालाई एक/एक लाख नगद उपहार घोषणा गरेको छ।
  • विभागले बाढीका कारण यो महिना १५/१५ दिनको सट्टा मासिक रूपमा करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो।
  • कात्यानी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान किन्ने ग्राहक र सुनिता फेन्सी स्टोरबाट ७ हजारको सामान किन्ने ग्राहकले १० लाख उपहार जितेका छन्।

१ असोज, काठमाडौं । सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ ।

आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एक/लाख नगद उपहार घोषणा गरेको हो । विभागले हरेक १५/१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा यो महिना बाढीका कारण मासिक घोषणा गरिएको हो ।

विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान किनेका ग्राहकले १० लाख उपहार जितेका छन् । अर्कोतर्फ सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका ग्राहकलाई १० लाख उपहार परेको छ । अन्य ३१ जनालाई दैनिक १ लाखका दरले वितरण हुने उपहार परेको छ ।

यी हुन् दैनिक उपहारअन्तर्गत १ लाख जित्ने विजेता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?