News Summary
Generated by OK AI. Editorially reviewed.- कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभाले ९ प्रतिशत अग्राधिकार सेयर लाभांश र १५ प्रतिशत नगद लाभांश पारित गरेको छ।
- साधारणसभाले आ.व. २०८२/८३ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सर्वसम्मतिले पारित गरेको छ।
- सभाले बाह्य लेखापरीक्षक एन.बी.एस.एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
१ असोज, काठमाडौं । कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेका दिन सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभाबाट बैंकका अग्राधिकार सेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ ।
सभाबाट वाह्य लेखापरीक्षक एन.बी.एस.एम एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ । साधारणसभामा सेयरधनीले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।
सेयरधनीले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल रहेको जानकारी दिँदै आगामी दिनहरूमा संस्थालाई दिगो र सबल बनाउन प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4