+
+
Shares

असहमत पक्षलाई कार्यालयको मात्रै होइन, हृदयको ढोका खुला छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असहमत पक्षलाई पार्टी कार्यालय मात्र होइन, हृदयको ढोका समेत खुला राखेर स्वागत गरिरहेको बताए ।
  • उनले विधानको परिमार्जित व्यवस्थाले वडा तहदेखि केन्द्रीय समितिसम्म स्थापित हुने पुस्ता कांग्रेसको भविष्य र सवल शक्ति बन्ने बताए ।
  • शर्माले जलवायु परिवर्तनको मुद्दामा प्रधानमन्त्री बालेन शाहले तथ्यपूर्ण विवरण राख्नुपर्ने र कार्बन उत्सर्जन न्यूनीकरणका लागि सहकार्य गर्नुपर्ने बताए ।

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असहमत पक्षलाई केन्द्रीय कार्यालयको मात्रै नभइ हृदयको ढोका समेत खुला गरेको टिप्पणी गरेका छन् ।

बिहीबार झापा क्षेत्र नम्बर १ को बृहत क्षेत्रीय भेलामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उक्त भेलालाई सम्बोधन सकेर उनी अहिले केन्द्रीय कार्यालय सानेपा आइसकेका छन् ।

उक्त भेलामा बोल्ने क्रममा उपसभापति शर्माले भनेका छन्, ‘असहमत पक्षलाई पार्टी कार्यालयको ढोका खुला राखेर मात्र होइन, हृदयको ढोका खुला राखेर स्वागत गरिरहेका छौं ।’

विधानको परिमार्जित व्यवस्थाले वडा तहदेखि केन्द्रीय समितिसम्म स्थापित गर्ने पुस्ता कांग्रेसको भविष्य मात्रै नभइ सवल शक्ति बन्ने उनले बताए ।

साथै, उनले जलवायु परिवर्तनको मुद्दामा प्रधानमन्त्री बालेन शाहले तथ्यपूर्ण विवरण राखनुपर्ने बताए ।

‘संसारभरका साना राष्ट्रहरुको नेतृत्व गर्ने क्षमता प्रस्तुत गरेर हाम्रो सानो देशले ठुला देशहरुसँग कार्बन उत्सर्जन न्यूनीकरणका लागी भरपर्दाे संवाद र सहकार्य गर्नुपर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?