+
+
Shares

पार्टी कार्यालयकै कोठामा बसेर संवादबाट समस्या समाधान गर्नुपर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्या अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयमै संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
  • उनले असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीलगायत सबै पदमा प्रतिस्पर्धाका लागि ढोका खुला रहेको बताए।
  • शर्माले गरिमा चौधरीको बलात्कारपछि हत्या घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कारबाही र पीडितलाई न्याय दिन माग गरे।

६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको समस्याको समाधान पार्टी कार्यालयकै कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् ।

शनिबार कांग्रेसले आयोजना गरेको ग्रीन रनको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका मतभेदको समाधान अदालतको ढोकाबाट भन्दा पनि पार्टी कार्यालयको कोठामा सँगै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका हुन् ।

विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको र असोजमा हुने केन्द्रीय महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने सबै नेता–कार्यकर्ताका लागि ढोका खुला रहेको उनले बताए ।

उनले राजनीतिक दलहरूको काम केवल सरकार बनाउने, संविधान निर्माण/संशोधन गर्ने, र चुनाव जित्ने/हार्नेमा मात्र सीमित हुन नहुने धारणा राखे ।

बालिका गरिमा चौधरीको बलात्कारपछि निर्ममतापूर्वक भएको हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

न्यायको माग गर्दै आयोजना गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?