News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनअन्तर्गत जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूसँग शनिबार अपरान्ह ४ बजे जुममार्फत बैठक गर्ने भएको छ।
- समितिले मंगलबार निर्वाचन अधिकृतहरूलाई सानेपामा प्रशिक्षण दिएको थियो, जहाँ सभापति गगन थापा पनि उपस्थित थिए।
- संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन २४ भदौमा हुने भएको छ, र महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यथावत छ।
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनअन्तर्गत जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूसँग ‘भर्चुअल’ बैठक गर्ने भएको छ ।
२४ भदौबाट सुरू हुने तल्लो तहका अधिवेशन सम्पन्न गर्न जिल्लामा खटाइएका निर्वाचन अधिकृतहरूसँग निर्वाचन समितिले ‘भर्चुअल’ बैठक गर्ने भएको हो ।
केन्द्रयि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले शनिबार अपरान्ह ४ बजे निर्वाचन अधिकृतहरूसँग जुममार्फत बैठक गरिने जानकारी दिए ।
समितिले मंगलबार निर्वाचन अधिकृतहरूलाई सानेपामा प्रशिक्षण दिएको थियो । प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा पनि उपस्थित थिए ।
मंगलबार नै निर्वाचन समितिले १५औं महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने अघिल्लो निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो ।
संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन २४ भदौमा हुने भएको छ । यसअघि केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २ भदौमा वडा अधिवेशन गर्ने कार्यतालिका पारित गरेको थियो ।
प्रतिक्रिया 4