+
+
Shares

संस्थापनइतरले गरेको भेलामा कांग्रेसका जिल्ला सभापति र क्षेत्रीय सभापति को को सहभागी भए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ११:४६
राष्ट्रिय भेलामा सहभागी प्रतिनिधिहरू ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतरको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् ।
  • सुदूरपश्चिमबाट सबैभन्दा बढी जिल्ला सभापति भेलामा सहभागी भएका छन् भने कोशी, मधेश र लुम्बिनीका जिल्लाबाट कुनै सभापति सहभागी भएनन् ।
  • जिल्ला सभापतिबाट निलम्बित रामेछापका कान्छाराम तामाङ र बाराका राजेश राय यादव पनि भेलामा सक्रिय सहभागी थिए ।

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरले गरेको राष्ट्रिय भेलामा १० जिल्लाका सभापति सहभागी भएका छन् । साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भएको भेला/सम्मेलनमा सबैभन्दा बढी सुदूरपश्चिमबाट जिल्ला सभापतिहरु सहभागी भएका छन् । कोशी, मधेश र लुम्बिनीका जिल्लाबाट कुनै पनि सभापति भेलामा सहभागी भएनन् । बागमती र कर्णालीका जिल्लाबाट एक/एक जना सभापति उपस्थित भएका थिए ।

बागमतीमा भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा मात्रै सहभागी भए । कर्णालीबाट मुगुका जिल्ला सभापति ऐनबहादुर शाही मात्रै सहभागी थिए। गण्डकीका जिल्लाहरुमा स्याङ्जाका राजु थापा, बागलुङका जित शेरचन र म्याग्दी खमवीर गर्बुजा संस्थापनइतरको भेलामा उपस्थित थिए ।

सुदूरपश्चिमबाट भेलामा सहभागी हुने जिल्ला सभापतिहरुमा कैलालीका नारायणदत्त भट्ट, कञ्चनपुरका पदमबहादुर बोगटी, डोटीका नरेन्द्रबहादुर सिंह, डडेलधुराका भीमबहादुर साउद र बझाङका खड्कबहादुर बोहरा थिए ।

जिल्ला सभापतिबाट पार्टीले निलम्बन गरेका रामेछापका कान्छाराम तामाङ र बाराका राजेश राय यादवको भेलामा सक्रिय सहभागिता थियो ।

क्षेत्रीय सभापतिहरुमा १७ जना भेलामा गएका थिए । कोशीबाट दुई जना क्षेत्रीय सभापति भेलामा गएका थिए । मोरङ– ६ का देबु तामाङ र उदयपुर– १ का रामकुमार खत्री सहभागी भए । मधेसबाट चार जना क्षेत्रीय सभापति भेलामा आएका थिए । महोत्तरी– ३ का राघवेन्द्र झा, रौतहट– ३ का शरफुलाल गुप्ता, बारा– २ का रामप्रवेश यादव र बारा– ४ सुनिल गुप्ता भेलामा सहभागी भए । बारा–४ का सभापति गुप्ताले चुनावमा असहयोग गरेको भनी पार्टीमा उजुरी समेत परेको छ ।

बागमतीबाट भेलामा सहभागी हुने क्षेत्रीय सभापतिहरुमा काठमाडौं– ९ का जयकृष्ण महर्जन, काठमाडौं– १० का पुकार महर्जन, नुवाकोट– १ का ध्रुव श्रेष्ठ र सिन्धुपाल्चोक– १, बालकृष्ण बस्नेत भेलामा उपस्थित थिए ।

गण्डकी प्रदेशबाट क्षेत्रीय सभापतिमा कुनै पनि भेलामा सहभागी भएनन् । लुम्बिनीबाट क्षेत्रीय सभापतिबाट भेलामा सहभागी हुनेमा कपिलवस्तु– १, अब्दुल मुनान खाँ र बाँके–१ का पोषण केसी सहभागी भए ।

कर्णालीबाट दुई जना क्षेत्रीय सभापति भेलामा उपस्थित थिए । सुर्खेत–१ का झकबहादुर डाँगी र सुर्खेत-२ का इन्द्र राहुल सहभागी भए । सुदूरपश्चिमबाट भेलामा सहभागी हुने क्षेत्रीय सभापतिहरुमा कैलाली–३ की रिता चौधरी, कञ्चनपुर– २ का लालबहादुर सिंह र कञ्चनपुर ३ का केशव चन्द थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?