+
+
Shares

कांग्रेस नेता शाहीको आरोप– कर्णाली प्रदेश सभा अहिलेसम्मकै नालायक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले बुधबार प्रदेश सभाको भूमिका अहिलेसम्मकै कमजोर र नालायक भएको टिप्पणी गरे।
  • उनले विश्वासको मतको कार्यसूची दुई दिनअगावै जानकारी नदिएको भन्दै प्रदेश सभा नियमावली उल्लंघन भएको आरोप लगाए।
  • शाहीले प्रदेश सभा ढिला सुस्ती र सरकारको मनपरी चलनले बेइज्जत भएको भन्दै मुख्यमन्त्री मंगलबहादुर शाहीलाई व्यङ्ग गरे।

३ भदौ, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सभाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् ।

बुधबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता शाहीले प्रदेश सभाको भूमिका अहिलेसम्मकै कमजोर र नालायक भएको टिप्पणी गरे । बुधवार मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो ।

प्रदेश सभाले दुई दिन अगाडी नै उक्त कार्यसूचीबारे प्रदेश सभा सदस्यहरूलाई जानकारी दिनुपर्ने भए पनि त्यसो नभएको उनको भनाइ थियो ।

‘प्रदेश सभा नियमावली १५१ को उपनियम २ (१) बमोजिम दुई दिन अगावै विश्वासको मत लिने भनेर सचिवलाई सूचना दिनु पर्छ,’ नेता शाहीले भने, ‘त्यसपछि सचिवले अरूलाई जानकारी दिनुपर्छ  कि पर्दैन ? आज हाम्रा केही माननीयहरू सूचना नपाएर अहिले दौडादौड गरिरहेका छन् । यस्तो पनि गर्ने ?’

उनले ‘प्रदेश सभा सभा हो या चिया खाने क्यान्टिन मात्रै ?’ भन्दै सभा सञ्चालनमा भएको ढिला सुस्तीबारे सरकारलाई समेत प्रश्न गरे । ‘यो प्रदेशसभा हो या तपोवन ? सुनसान छ । यो तपोवन होइन । जनताको आवाज बुलन्द पार्ने थलो हो,’ उनले भने, ‘यतिसम्म नालाएक प्रदेश सभा यो दुई कार्यकालमा मैले कहिल्यै देखिन् ।’

सरकारलाई मन लाग्दा शनिवार पनि संसद् चलाउने, मन नलाग्दा नचलाउने प्रवृत्ति हाबी भएको भन्दै प्रदेशसभाको बेइज्जत भएको बताए । अहिलेसम्म सदन चलाएर बसेका कर्मचारीले गम्भीर गल्ती गरेको भन्दै त्यसमा सचेत रहन समेत सुझाए ।

‘यस्ता अनुभवी कर्मचारीले गल्तीमाथि गल्ती गर्ने लाज मान्नु पर्ने हो’ उनले भने । पिएचडी गरेका प्रदेश सभा सचिव भए पनि कार्यशैलीमा सुधार नआएको नेता शाहीले बताए ।

उनले नियुक्त भएको २३ दिनसम्म पनि एक जना मन्त्री नियुक्त नगरेरै विश्वासको मत मागेर मुख्यमन्त्रीले नयाँ इतिहास राखेको भन्दै व्यङ्ग समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?