+
+
Shares

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले राहत दिने

बेपत्ता कर्मचारीले पाउने तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम उनीहरूका नजिकका हकवालालाई उपलब्ध गराइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्युत् प्राधिकरणले रसुवा भोटेकोशी बाढीमा बेपत्ता ४७ कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत दिने निर्णय गरेको छ ।
  • सञ्चालक समितिले बेपत्ता स्थायी, ज्यालादारी र करारका कामदारका नजिकका हकवालालाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी सरकारको भएको बताए ।

१ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ ।

बाढीका कारण रसुवा, नुवाकोट लगायत क्षेत्रमा १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन् ।

प्राधिकरण अन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार बेपत्ता कर्मचारी तथा कामदारको खोजी, परिवारको सामाजिक संस्कार तथा दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले राहत प्याकेज ल्याइएको हो ।

निर्णय अनुसार बेपत्ता स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई तत्काल राहत स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराइने छ ।

त्यस्तै स्थायी कर्मचारीका हकमा प्राधिकरणबाट क्षतिपूर्ति वा अन्य रकम दिने सम्बन्धमा थप निर्णय नभएसम्मका लागि निर्वाह खर्च उपलब्ध गराउने निर्णय भएको छ ।

भदौदेखि बढीमा ६ महिनासम्म बेपत्ता कर्मचारीले पाउने तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम उनीहरूका नजिकका हकवालालाई उपलब्ध गराइने छ ।

बेपत्ता कर्मचारी तथा कामदारको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिँदै सदस्य शाहीले थप क्षतिपूर्तिका विषयमा भने प्राधिकरणले आवश्यक निर्णय गर्ने बताए ।

बैठकमा मन्त्री श्रेष्ठले बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी सरकारको भएको बताए ।

‘हामी एउटै परिवार हौं, यो पैसाले यत्रो ठूलो दु:खको घाउ त निको पार्दैन, तर मलम लगाउने काम गरोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?