News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको ३१ लाख ७२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय मिनी ट्रक नियन्त्रणमा लिएको छ।
- इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई ट्रकसहित नियन्त्रणमा लिएको हो।
- जिल्लाका विभिन्न स्थानबाट थप ५ लाख ४७ हजार ५० रुपैयाँ बराबरका पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक र किराना सामान बेवारिसे अवस्थामा बरामद गरिएको छ।
२ असोज, धनगढी । कैलालीमा भारतबाट भन्सार छलेर ल्याइएको ३१ लाख ७२ हजार बराबरको अवैध सामानसहित भारतीय मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, जिल्लाका विभिन्न स्थानबाट थप साढे पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।
पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक तथा किराना सामान लगायत पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।
प्रतिक्रिया 4