News Summary
Generated by OK AI. Editorially reviewed.- खामेनेईका सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले ट्रम्प र नेतन्याहु सत्ताबाट हटेपछि मात्र होर्मुज स्ट्रेट खोलिने बताएका छन्।
- जोल्कदरले इरानले आक्रामक दुश्मनको तागतलाई तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको भन्दै यो प्रतिशोधको पहिलो चरण भएको बताए।
- इरानभित्र अमेरिकी द्वन्द्व जारी राख्ने वा वार्ता गर्ने विषयमा मतभेद बढिरहँदा महँगी, प्रतिबन्ध र रियालको अवमूल्यनले नागरिकको दैनिकी कष्टकर बनेको छ।
२ असोज, काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहेसम्म होर्मुज स्ट्रेट खोल्ने इरानको कुनै उद्देश्य नरहेको बताएका छन्।
बिहीबार इरानी समाचार एजेन्सीहरूद्वारा प्रकाशित वक्तव्यमा जोल्कदरले इरानले आक्रामक दुश्मनको शक्ति तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्ताबाट हटेपछि मात्र होर्मुज स्ट्रेट खोलिने स्पष्ट पारेका छन्। जोल्कदरका अनुसार यो कदम इरानको तर्फबाट प्रतिशोधको पहिलो चरण हो।
‘इरानले आक्रामक दुश्मनको तागतलाई तोड्ने र अहङ्कारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको छ,’ जोल्कदरले भने।
बीबीसी पर्सियनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध वा वार्ताका विषयमा विरोधाभासी बयान दिइरहेका छन्। अर्कोतर्फ इरानभित्र अमेरिकाविरुद्ध सैन्य द्वन्द्व जारी राख्ने वा वार्ताको बाटो रोज्ने भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ। देशका केही शीर्ष राजनीतिक नेताहरूले युद्ध अन्त्यको शर्तका रूपमा अमेरिकालाई इस्लामाबाद सम्झौता लागू गर्न आग्रह गरिरहेका छन्। राष्ट्रपति मसूद पेजेश्कियान र संसद् अध्यक्ष मोहम्मद बाकर गलीबाफ यस्ता प्रस्तावका समर्थक मानिन्छन्।
अर्कोतर्फ आईआरजीसीका सैनिक, कमाण्डर र कट्टरपन्थीहरू होर्मुज स्ट्रेट बन्द गरेर युद्ध जारी राख्नु नै अमेरिका र इजरायलको सामना गर्ने प्रभावकारी रणनीति भएको बताउँछन्। यसैबीच बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र दक्षिणी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दीले इरानी नागरिकहरूको दैनिकी निकै कष्टकर बनाएको छ। अन्तर्राष्ट्रिय मुद्राहरूको तुलनामा इरानी रियालको अवमूल्यनले सर्वसाधारणका आर्थिक समस्याहरू झन् बढाएको छ।
प्रतिक्रिया 4