News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘१२ गाउँ २’को गीत ‘जुनेली’ तीन दिनमा १५ लाख पटक हेरिएको छ र ४ हजारभन्दा धेरै प्रतिक्रिया पाएको छ।
- गीतको भिडियोमा समीर भट्ट र काफिया शाहीले ब्रेकडान्स शैलीमा नृत्य गरेका छन्।
- विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ ३० असोजदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘१२ गाउँ २’को गीत ‘जुनेली’ अहिले चर्चामा छ । ब्रेकडान्स शैलीको कोरियोग्राफीमा तयार पारिएको गीतको भिडियोमा समीर भट्ट र काफिया शाहीले नृत्य गरेका छन् ।
डान्सिङ शैलीको यो गीतलाई तीन दिनमा १५ लाख पटक हेरिएको छ । सोही अवधिमा गीतले ४ हजारभन्दा धेरै प्रतिक्रिया प्राप्त गरेको छ । तीमध्ये अधिकांश कमेन्ट सकारात्मक छन् ।
समीर र काफियाको नृत्य स्टाइलको प्रशंसा भैरहेको छ । यो फिल्मबाट फिल्मी करिअर थालेकी काफियाका लागि ‘१२ गाउँ २’ महत्वपूर्ण हुने निश्चित छ । यसको संकेत ‘जुनेली’ गीतले दिइसकेको छ ।
युग भुसालको संगीत रहेको गीतमा सुगम पोखरेलको आवाज छ । गीतको भिडियोमा सियोन श्रेष्ठले ब्रेकडान्स शैलीको कोरियोग्राफी प्रस्तुत गरेका छन् ।
विराज भट्ट निर्देशित ‘१२ गाउँ’को दोस्रो श्रृंखला दशैं छेकोमा ३० असोजदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4