+
+
Shares

१३ देशमा राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)

विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।
  • सिफारिस गरिएका प्रस्तावित राजदूतहरू संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइनेछ।
  • अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्नेछन्।

२ असोज, काठमाडौं । सरकारले १३ वटा देशका राजदूतहरू नियुक्ति गर्नका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो ।

विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।

अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।

अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।

यी हुन् प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारत

२. डा. कल्याणराज शर्मा — चीन

३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिका

४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)

५. जिग्यान कुमार थापा – जापान

६. सुरेशकुमार कर्ण – इजरायल

७. प्राप्ति शेरचन – स्पेन

८. शरू जोशी — जर्मनी

९. डा. पद्माक्षी राणा — ओमान

१०. चूडामणि खरेल — मलेसिया

११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया

१२. डा. मंचला झा — श्रीलंका

१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?