+
+
Shares

नेपालमा सामान्य बढ्यो पर्यटक खर्च, घट्यो शिक्षामा विदेशिने रकम

साउनमा १५ अर्ब ९२ करोड रुपैयाँ बराबर भ्रमण व्यय भएको छ । शिक्षामा १० अर्ब ८० करोड व्यय छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन २०८३ मा नेपालमा भ्रमण आय ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • सोही अवधिमा भ्रमण व्यय २६.६ प्रतिशतले घटेर १५ अर्ब ९२ करोड रुपैयाँ भएको छ, जसमा शिक्षातर्फ १० अर्ब ८० करोड खर्च भएको छ ।
  • भ्रमण आयभन्दा व्यय बढी हुँदा सेवा खाता १० अर्ब ८२ करोड रुपैयाँ घाटामा रहेको छ ।

२ असोज, काठमाडौं । नेपालमा पर्यटकले गर्ने खर्च सामान्य बढेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८३ मा भ्रमण आय ५ अर्ब ४३ करोड छ । गत वर्ष साउनमा ५ अर्ब ४१ करोड सेवा आय थियो । यस वर्ष भ्रमण व्यय २६.६ प्रतिशतले गिरावट आएको छ । यसो हुनुमा शिक्षाका लागि विदेशिने रकम कम हुनु हो ।

साउनमा १५ अर्ब ९२ करोड रुपैयाँ बराबर भ्रमण व्यय भएको छ । शिक्षामा १० अर्ब ८० करोड व्यय छ । गत आव सोही अवधिमा भ्रमण व्यय २१ अर्ब ७० करोड रहेकोमा शिक्षातर्फको व्यय १४ अर्ब ३१ करोड थियो ।

भ्रमण आयको तुलनामा व्यय माथि हुँदा सेवा खाता भने घाटामा छ । यस्तो खाता १० अर्ब ८२ करोड छ । अघिल्लो वर्ष सोही अवधिमा खुद सेवा आय १३ अर्ब २४ करोडले घाटामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?