News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिणी फिलिपिन्सको बङ्ग नेशनल उच्च माध्यमिक विद्यालयमा शुक्रबार विद्यार्थीले गरेको गोलीकाण्डमा दुई कक्षा ९ का विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
- दक्षिण कोटाबातोका गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी कक्षा ९ कै विद्यार्थी भएको र हाते बन्दुक प्रयोग गरेर एक्लैले आक्रमण गरेको बताए।
- घटनामा कम्तीमा तीन घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, र प्रहरीले बन्दुकधारीको उमेर पुष्टि गर्न सकेको छैन।
२ असोज, मनिला (रासस/एएफपी) । दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक आक्रमणमा कम्तीमा दुई जनाको हत्या गरेको अधिकारीहरूले जनाएका छन
स्थानीय उद्धारकर्ताहरूले मिन्डानाओको दक्षिण कोटाबातो प्रान्तको बङ्ग नेशनल उच्च माध्यामिक विद्यालयमा भएको गोली हानाहानको बारेमा जानकारी प्राप्त भए पछि घटनास्थलमा पुग्दा एक पुरुष र एक महिलाको मृत्यु भईसकेको जनाएका छन् । उनीहरुका अनुसार दुवै जना कक्षा ९ का विद्यार्थीहरू आपदा एजेन्सीका कर्मचारी रिजाली डेडेलललाई उदृत गर्दै एएफपीले जनाएको छ ।
दक्षिण कोटाबातो प्रान्तीय गभर्नर रेनाल्डो तामायोले बन्दुकधारी पीडितको सहपाठी भएको बताउँदै त्यस स्कुलको कक्षा नौँ को विद्यार्थी रहेको प्रष्ट पारेका छन्।
बन्दुकको गोलीले घाइते भएका कम्तीमा तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेकोसमेत उनले बताए। तमायोले बन्दुकधारीले हाते बन्दुक प्रयोग गरेर एक्लैले यस्तो घटना घटाएको बताए।
बङ्गाका मेयर अल्बर्ट पालेन्सियाले छुट्टै रेडियो अन्तर्वार्तामा शिक्षा विभागका अधिकारीहरूका छोरा तथा घटनाका सन्दिग्धले घरबाट बन्दुक लिएको बताए।
कक्षा ९ का विद्यार्थीले दुईजना साथीलाई लन्चपछि तुरुन्तै घटना घटाउने आफ्नो योजनाबारे चेतावनी दिएको उनी बताउँछन्। प्रहरीले हालसम्म बन्दुकधारीको उमेर पुष्टि गर्न नसकेको जनाइएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको र एएफपीले प्रसारण गरेको भिडियोमा, एक व्यक्तिले स्कुलबाट घाइते बालक जस्तो देखिने वस्तु बोकेको देख्न सकिन्छ ।
मिन्दानाओको अर्को विद्यालयमा आत्महत्या गर्नुअघि एकजना विद्यार्थीले आफ्ना साथीलाई गोली हानेर आत्महत्या गरेको प्रत्यक्ष प्रसारण गरेको एक महिनापछि शुक्रबार यो गोलीकाण्ड भएको हो ।
सुरक्षा बलियो बनाउन यस महिना फिलिपिन्समा प्रत्यक्ष सुटर अभ्यास गरिएको थियो । पालेन्सियाले शुक्रबार बङ्गाका बन्दुकधारीका आमाबाबु त्यहाँ अभ्यासमा संलग्न रहेको पनि बताएका छन्।
प्रतिक्रिया 4