+
+
Shares

यमनमा तनाव : सरकारी सेना र हुथी विद्रोहीबीच भिडन्तमा ६३ जनाको मृत्यु

पछिल्ला २४ घण्टामा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १९:५८

यमनमा सरकारी सेना र विद्रोही हुथी समूहबीचको तनाव तीव्र बनेको छ । बीबीसी अरबी सेवाका अनुसार पछिल्ला २४ घण्टामा सरकारी सेना र हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

केही वर्षको शान्तिपछि यमनमा दुवै पक्षबीच जुलाईदेखि फेरि द्वन्द्व बढेको हो । गत साता हुथी सशस्त्र समूहले अचानक गरेको आक्रमणपछि स्थिति थप बिग्रिएको छ ।

यी आक्रमणपछि हुथी समूह हिन्द महासागर र लाल सागरलाई जोड्ने रणनीतिक रूपमा महत्वपूर्ण बाब अल–मन्देब जलमार्गमा नियन्त्रण क्षेत्र विस्तार गर्न सफल भएको भनिएको छ ।

यमनमा भइरहेको स्थल युद्धसँगै हुथी लडाकुहरूले साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण पनि गरिरहेका छन् ।

उनीहरूले साउदी अरबको तेल ढुवानी गर्ने मालवाहक जहाजलाई समेत लक्ष्य बनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?