+
+
Shares

२ महिनामा ११ अर्ब १२ करोड बराबर एफडीआई प्रतिबद्धता

उद्योग विभागको तथ्यांक अनुसार गत वर्ष भदौसम्म एफडीआई प्रतिबद्धता ३३ अर्ब ९ करोड बराबर आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८३/८४ का पहिलो दुई महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबर आएको छ।
  • यो गत आव २०८२/८३ को सोही अवधिको ३३ अर्ब ९ करोडको तुलनामा २२ अर्ब रुपैयाँले कम हो।
  • भदौ मसान्तसम्म ३ सय २८ उद्योग दर्ता भएका छन्, जसमध्ये ३ सय २२ उद्योग अटोमेटिक रुटबाट दर्ता भएका छन्।
  • भदौमा १ सय ३६ उद्योग दर्ता भई ६ अर्ब ३५ करोड लगानी प्रतिबद्धता आएको छ, जबकि साउनमा १ सय ९१ उद्योग दर्ता भई ३ अर्ब ७७ करोड प्रतिबद्धता आएको थियो।
  • दर्ता उद्योगमध्ये ३ सय २३ साना, २ मझौला र ३ ठूला छन्, र लगानी रकमका हिसाबले पर्यटनमा ३ अर्ब ७४ करोड सबैभन्दा धेरै छ।

२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ बराबर आएको छ । यो गत आव २०८२/८३ को तुलनामा २२ अर्बले कम हो ।

उद्योग विभागको तथ्यांक अनुसार गत वर्ष भदौसम्म एफडीआई प्रतिबद्धता ३३ अर्ब ९ करोड बराबर आएको थियो । गत वर्ष २३ र २४ भदौको जेनजी आन्दोलनपछि भने केही महिना लगानी प्रतिबद्धता आउने क्रम ह्वात्तै घटेको थियो ।

गत वर्ष अन्तिम केही महिना र चालु आव सुरुवाती चरणमा लगानीकर्ताको आत्मविश्वास लयमा फर्कने क्रममा छ । यद्यपि, यो पर्याप्त देखिएको छैन ।

उद्योग विभागका अनुसार यस वर्ष भदौ मसान्तसम्म कुल ३ सय २८ उद्योग दर्ता भएका छन् । तीमध्ये ३ सय २२ उद्योग अटोमेटिक रुटबाट दर्ता भएका छन् ।

सरकारले उद्योग दर्ताका लागि आवश्यक रकमको माथिल्लो सीमा हटाएको छ । जसले गर्दा अहिले उद्योग दर्ता प्रक्रिया भने सहज भएको छ ।

यस वर्ष भदौमा मात्र कुल १ सय ३६ उद्योग दर्ता भएका छन् । लगानी प्रतिबद्धता ६ अर्ब ३५ करोड बराबर भएको छ । साउनमा १ सय ९१ उद्योग दर्ता भएका थिए । लगानी प्रतिबद्धता रकम ३ अर्ब ७७ करोडमा सीमित भएको थियो । गत आव साउनमा २४ अर्ब १० करोड एफडीआई स्वीकृत भएको थियो ।

साना उद्योगमा अधिक लगानी

तथ्यांक अनुसार पहिलो दुई महिना साना उद्योगमा अधिक लगानी आएको छ । भदौसम्म दर्ता उद्योगमध्ये ३ सय २३ साना छन् । २ मझौला र ३ ठूला उद्योग दर्ता भएका छन् । भदौमा मात्र दर्ता उद्योगमध्ये १ सय ३४ साना र २ ठूला छन् ।

सूचना प्रविधिमा आकर्षण

संख्यात्मक हेर्दा यस वर्ष पनि सूचना प्रविधिमूलक उद्योगमा अधिक लगानी प्रतिबद्धता आएको छ । दर्ता भएका ३ सय २८ उद्योगमध्ये सूचना प्रविधिमा २ सय १२, पर्यटन ७० र सेवामूलक २६, उत्पादनमूलक १८ र ऊर्जा तथा कृषिमूलक एक/एक वटा दर्ता भएको देखिएको छ ।

रकमका हिसाबले सबैभन्दा धेरै लगानी पर्यटन उद्योगमा ३ अर्ब ७४ करोड बराबर छ । सेवामूलक उद्योगमा ३ अर्ब ३० करोड र ऊर्जामा २ अर्ब बराबर लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक उद्योगमा १ अर्ब २३ करोड बराबर लगानी प्रतिबद्धता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?