+
+
Shares

बढ्दै आर्थिक गतिविधि, सबै सूचक सकारात्मक

अर्थतन्त्रका सुचकमा देखिएको सुधारको तुलनामा आर्थिक गतिविधि बढी नसकेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको साउनमा रेमिट्यान्स २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा २१.२ प्रतिशत बढी हो ।
  • साउनमा शोधनान्तर ९० अर्ब बचतमा र चालु खाता ९४ अर्ब ५९ करोड बचतमा पुगेको छ, जसमा रेमिट्यान्स र एफडीआईको सुधारको योगदान छ ।
  • साउनमा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ, र खाद्यान्न तथा यातायातमा महँगी सबैभन्दा धेरै देखिएको छ ।
  • बैंक तथा वित्तीय संस्थाबाट साउनमा २३ अर्ब ५८ करोड कर्जा प्रवाह भएको छ, र औसत आधार ब्याजदर १ प्रतिशत बिन्दुले घटेको छ ।

२ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा अर्थतन्त्रले सकारात्मक लय समाएको छ । आर्थिक गतिविधि सहित मुद्रास्फीति लगायत सबै सूचक बढेसँगै अर्थतन्त्रले गति लिन थालेको देखिएको हो ।

आर्थिक गतिविधि बढेसँगै मुल्यवृद्धि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसका साथै रेमिट्यान्स, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चिति, शोधनान्तर, आयात, निर्यात तथा निजी क्षेत्रको कर्जा लगानीमा समेत सुधार आएको छ ।

अर्थतन्त्रका सुचकमा देखिएको सुधारको तुलनामा आर्थिक गतिविधि बढी नसकेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ । वित्तीय प्रणालीको अधिक तरलता तथा न्यून ब्याजदर रहेको अवस्थामा पनि कर्जा माग अपेक्षित बढेको छैन ।

राष्ट्र बैंकका अनुसार चालु आव पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशत धेरै हो । त्यसबेला १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स आएको थियो ।

साउनमा शोधनान्तर स्थिति ९० अर्ब बचतमा छ । रेमिट्यान्स आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउँदा शोधनान्तर स्थिति सकारात्मक भएको हो । साउनमा निर्यात ६१.७ प्रतिशत बढेको छ । यो भनेको ३८ अर्ब ७० करोड बराबर हो । एफडीआई १ अर्ब १ करोड बराबर भित्रिएको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड बचतमा छ । गत आव ७८ अर्ब २९ करोड बचतमा थियो । साउन १ अर्ब १ करोड बराबर एफडीआई इक्विटीमात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ६९ करोड थियो ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब पुगेको छ । गत असारमा ३८ खर्ब ९७ अर्ब ६७ करोड थियो । पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चालु आव साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा सुधार आएको छ । साउनमा बैंक तथा वित्तीय संस्थाबाट २३ अर्ब ५८ करोड प्रबाह भएको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा २ अर्ब ९३ करोडले घटेको थियो ।

यसैगरी वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । गत वर्ष साउनमा यो १.६८ प्रतिशतमात्र थियो । महँगीको मार सबैभन्दा धेरै खाद्यान्न र यातायातमा परेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा १५.६२, फलफूल १५.३९, माछा तथा मासु ८.६५, तरकारी ६.९० र मरमसलामा ४.८० प्रतिशत मूल्यवृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा ६.७७ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ५.५२, गैरखाद्यतर्फ यातायात १३.१७, मदिरा ७.२०, कपडा तथा जुत्ताचप्पल ५.५२ र सुर्तीजन्य पदार्थमा ४.९७ प्रतिशत महँगी छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाको औसत आधार ब्याजदर १ प्रतिशत बिन्दुसम्म घटेको छ । वित्तीय क्षेत्रमा अधिक तरलता र कर्जाको न्यून मागका कारण आधार दर घटेको हो ।

साउन मसान्तमा वाणिज्य बैंकको औसत आधार दर ४.७२, विकास बैंक ६.१४ र वित्त कम्पनीको ६.९५ प्रतिशत छ । २०८२ साउन मसान्तमा क्रमश: ५.७८, ७.२८ र ८.८७ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?