+
+
Shares

रुसी निर्वाचनको पूर्वसन्ध्यामा युक्रेनद्वारा आक्रमण तीव्र पारिएको दाबी

रुसी विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियन मिरोस्निकले रुसको संसदीय निर्वाचन नजिकिँदै गर्दा युक्रेनले आतंकवादी गतिविधि तीव्र बनाएको दाबी गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते ७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसी विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियन मिरोस्निकले रुसको संसदीय निर्वाचन नजिकिँदै गर्दा युक्रेनले आतंकवादी गतिविधि तीव्र बनाएको दाबी गरेका छन्।
  • उनले भने, \'युक्रेनले मतदान केन्द्रहरूमा प्रहार गरिरहेको छ। हालै क्षेत्रीय निर्वाचन आयोगका एक सदस्यको हत्या भएको छ।\'
  • उनले निर्वाचन रोक्ने, शहरहरू घेरा हाल्ने र निर्वाचन आयोग तथा स्थानीय अधिकारीहरूलाई वैकल्पिक माध्यमबाट मतदान गराउन बाध्य पार्ने प्रयास भइरहेको बताए।

४ असोज, काठमाडौं । रुसमा संसदीय निर्वाचन नजिकिँदै गर्दा युक्रेनले आफ्ना आतंकवादी गतिविधिहरू तीव्र बनाएको रूसी विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियन मिरोस्निकले दाबी गरेका छन्।

मिरोस्निकले भने, ‘युक्रेनले मतदान केन्द्रहरूमा प्रहार गरिरहेको छ। हालै क्षेत्रीय निर्वाचन आयोगका एक सदस्यको हत्या भएको छ।’

उनले मतदान केन्द्र रहेका वा तोकिएका क्षेत्रहरूमा हमला भएका तथ्यहरू आफूहरूसँग सुरक्षित रहेको बताएका छन्।

उनले थपे, ‘हामीले तनाव बढ्दै गएको देखेका छौँ। निर्वाचन रोक्ने, यी शहरहरूलाई घेरा हाल्ने र हाम्रा निर्वाचन आयोग तथा स्थानीय अधिकारीहरूलाई वैकल्पिक माध्यमबाट मतदान गराउन बाध्य पार्ने हरेक प्रयास भइरहेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?